पूर्वपश्चिम राजमार्ग बन्द गरेर जनमत पार्टीको प्रदर्शन

0
Shares

काठमाडौं ।

सिके राउत नेतृत्वको जनमत पार्टीले आज पूर्वपश्चिम राजमार्ग बन्द गरेर प्रदर्शन गरेको छ । प्रदर्शनबाट मधेस प्रदेशका सिरहा, सप्तरी, धनुषालगायतका जिल्लाका राजमार्गमा प्रभाव परेको छ।

पूर्वपश्चिम राजमार्ग अवरूद्ध गरेर उक्त पार्टीले आज बिहानबाट नै प्रदर्शन सुरु गरेको हो । जनमत पार्टीका कार्यकर्ताले राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्।

झण्डै एक महिनादेखि किसानलाई मलखाद दिनुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्नेलगायतका माग राखेर जनमत पार्टी आन्दोलन गरिरहेको छ।


तस्बिर : विपी साहको फेसबुकबाट