२ लाख ९६ हजार नक्कली नोटसहित एक पक्राउ

0
Shares

बारा, (नेस) ।

प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका–२ स्थित हरिहरपुरबाट २ लाख ९६ हजार नक्कली नेपाली नोटसहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटेको प्रहरी टोलीले हरिहरपुरबाट दक्षिणतर्फ जाँदै गरेको ना२५प १९७८ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा नेपाली जाली रुपियाँसहित रौतहट मौलापुर निवासी किशोरी साहलाई मंगलबार साँझ नियन्त्रणमा लिइएको हो ।

सिम्रौनगढ नगरपालिका–२ स्थित हरिहरपुरबाट दक्षिण भारतीय सीमातर्फ मोटरसाइकलमा चढेर जाँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा साहको साथबाट २ लाख ९६ हजार नेपाली जाली रुपियाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि लागि जिल्ला प्रहरी कार्यालय बाराको नियन्त्रणमा राखिएको छ ।