सुरक्षा योजनासम्बन्धी छलफल

0
Shares

काठमाडौं, (नेस) ।

आगामी जेठमा हुने स्थानीय तहको निर्वाचनका लागि सुरक्षा योजना तयार गर्ने विषयमा बिहीबार सिंहदरबारमा छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचनलाई भयरहित बनाउन सुरक्षा निकायलाई एकीकृत रूपमा परिचालन गर्ने रणनीतिसहितको सुरक्षा योजना बनाउने विषयमा छलफल भएको थियो ।

बैठकमा निर्वाचन केन्द्रित सुरक्षा योजना तयार गर्ने र आवश्यक जनशक्तिको व्यवस्थापनको विषयमा पनि छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘जेठ ४ गते निर्वाचन गर्ने बिषयमा सरकारले तयारी गरेको र सोही विषयमा निर्वाचन आयोगले समेत जानकारी गराइसकेकाले निर्वाचन सुरक्षाको विषयमा लामो छलफल भयो ।’