थप ५ हजार ५८३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाकाे मृत्यु

0
Shares

न्युज अफ नेपाल काठमाडौं ।

नेपाल पछिल्लो २४ घण्टामा थप ५ हजार ५सय ८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो ।

सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । अर्थात पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् ।