भारतले नेपाललाई १२ अर्ब अनुदान दिने


न्युज अफ नेपाल, काठमाडौं ।

भारतले नेपाललाई १२ अर्ब भारु ७ अर्ब ५० करोड रुपैयाँ अनुदान दिने भएको छ । मंगलबार भारतीय अर्थमन्त्री निर्मला सितारमणले लोकसभामा आर्थिक वर्ष २०२२/२३ को बजेट प्रस्तुत गर्दै नेपाललाई १२ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी गराएकी हुन् ।

त्यसोत, गतवर्ष मात्र भारतले १५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । तर पछि त्यसलाई घटाएर १० अर्ब ४० करोड रुपैयाँ मात्रै प्रदान गरेको थियो । भारतले नेपाललाई गतवर्ष प्रदान गरेको वास्तविक अनुदानभन्दा यस वर्ष बढी बजेट विनियोजन गरेको हो ।

नेपाललाई भारतले आर्थिक वर्ष २०१९/२० मा सबैभन्दा बढी १९ अर्ब २० करोड रुपैयाँ अनुदान दिएको थियो । २०२०/२१ मा नेपाललाई १४ अर्ब ४० करोड रुपैयाँ अनुदान प्रदान गरेको थियो ।

भारतले नेपालसहित मरिसस, सिसेल्स, म्यानमार, अफगानिस्तान, भुटान, श्रीलंका, बंगलादेश, मंगोलिया र विभिन्न अफ्रिकी देशहरू तथा मानवीय र प्राकृतिक प्रकोपका लागि ९६ अर्ब ७० करोड रुपैयाँ अनुदानका लागि विनियोजन गरेको छ ।