सप्तरीमा हत्या र लुटपाटमा सम्लग्न ९ जना पक्राउ


न्युज अफ नेपाल, सप्तरी ।

जिल्ला अदालत सप्तरीले विभिन्न मुद्दामा दोषी देखाउँदै फैसला गरे पनि फरार भएका नौ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

कर्तव्य ज्यान मुद्दामा फरार रहेका राजगढ नगरपालिका-६ का राम किसुन खंग, शिव देव खंग, गर्भी खंग, रामसेवक खंग र हर किशुन खंग रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यस्तै लुटपाट मुद्दामा फरार रहेका डाक्नेश्वरी नगरपालिका-२ का दयावती बि.क, विरेन्द्र बि.क र दुलारी देवी वि.कलाई पनि पक्राउ गरी जरिवाना असुलीका लागि अदालतमा उपस्थित गराएको प्रवक्ता काफ्लेले बताए।

विभिन्न मुद्दामा फैसला भई फरार रहेकाहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्दाका आरोपीहरूले जनही पाँच सय तिर्नुपर्ने र लुटपाट मुद्दाका दोषी दयावति बि.कले २१, विरेन्द्र बि.क र दुलारी बि.कले ५० रुपैयाँ तिर्नुपर्नेछ।