जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


न्युज अफ नेपाल, बर्दिया ।

प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका-६ बस्ने ४१ मनिराम थारुले १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

थारुले ती बालिकालाई गत बैशाख २७ गते घरमा एक्लै भएको अवस्थामा डरत्रास देखाई जबरजस्ती करणी गर्नुका साथै बालिकालाई गर्भवती समेत बनाएको भन्ने खबर माघ १६ गते प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीलाई जबरजस्ती करणी सम्बन्धी कसूरमा जिल्ला अदालत बर्दियाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।