सुनको मूल्य तोलामा १०० रुपैयाँले बढ्यो


न्युज अफ नेपाल, काठमाडौं ।

सुनको मुल्य  मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने स्थिर छ । सोमबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि त्यही भाउमा निर्धारण भएको छ । ।