कोरोना संक्रमणबाट अर्घाखाँचीमा थप एक महिलाको मृत्यु

जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९२ पुग्यो

0
Shares

अर्घाखाँची ।

कोरोना संक्रमणका कारण अर्घाखाँचीमा थप एक महिलाको ज्यान गएको छ । मालारानी गाउँपालिका-६ कि ५० वर्षीया एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएको हो ।

११ माघमा संक्रमण पुष्टि भएकी महिलाको मृत्यु भएसँगै अर्घाखाँचीमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ९२ पुगेको छ । अर्घाखाँचीमा हालसम्म कोभिड संक्रमित हुनेको संख्या ४ हजार ८ सय ६२ पुगेको छ । हाल अर्घाखाँची जिल्लामा २११ जना सक्रिय संक्रमित छन् ।

न्युज कारखाना