गणपति वनस्पतिद्वारा ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान

0
Shares

काठमाडौं (नेस) ।

गणपति वनस्पति प्राइभेट लिमिटेड काठमाडौंले ट्राफिक प्रहरीलाई बैरीगेट प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो कार्य गरिएको बताएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेशराज जोशीको उपस्थितिमा ट्राफिक प्रहरीहरूलाई चेक जाँचगर्दा सहज हुने ट्राफिक बैरीगेट महाशाखामा सोमबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरियो ।

कार्यक्रममा कम्पनीका सञ्चालक अनन्ता मोर, राजिव मोर र कम्पनीका बजार प्रबन्धक विनोद श्रेष्ठको उपस्थिति थियो । कार्यक्रममा कम्पनीले ट्राफिक प्रहरीलाई बैरीगेट उपलब्ध गरेकोमा महाशाखा प्रमुख जोशीले कम्पनीलाई धन्यवाद दिनुभएको थियो । यसरी संघसंस्थाको साथ र सहयोगमा ट्राफिक प्रहरीलाई काम गर्न सहज हुने पनि जोशीले बताउनुभयो ।