एनसेलका ग्राहकले ट्याबलेट जित्ने अवसर

0
Shares

काठमाडौं (नेस) ।

एनसेलका ग्राहकले आफ्ना परिवारजन, साथी भाइ र आफन्तले मलेसियाबाट गरेको कलमा कुरा गर्दा ट्याबलेट जित्ने मौका पाउनेछन् । एनसेलले आजियाटा लिमिटेडले चिनियाँ नयाँ वर्षको अवसरमा मलेसियन दूरसञ्चार सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा यो आकर्षक योजना ल्याएको हो । यो योजना आज मंगलबारबाट सञ्चालनमा आउँदै छ । १० दिनसम्म सञ्चालनमा रहने भएको छ । यो योजना अवधिमा मलेसियाबाट आउने आगमन कलमा सबैभन्दा धेरै कुरा गर्नुहुने तीन जना ग्राहकले १/१ वटा फिल्पकेस र टी–पेनसहितको टीसीएल ट्याव टेनएस पाउनेछन् ।

ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेटको आधारमा तीन जना विजयी ग्राहकको नाम छानिनेछ । मलेसियाको डीजी, यू मोबाइल, सेलकम र माक्सिस मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिनका साथै ट्याव जित्ने मौका पाउनेछन् ।

मलेसियाबाट आउने आगमन कलमा कम्तीमा दुई मिनेट कुरा गर्ने ग्राहक यो योजनामा सहभागी हुन योग्य हुनेछन् । मलेसियाबाट आउने कलमा कुरा गर्ने ग्राहकलगायत अन्य देशहरूबाट आएको कलमा कुरा गर्ने एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा २० रुपियाँसम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकहरूले १७१२६ डायल गरी सजिलै यो सेवा निःशुल्क चालु गर्न सक्छन् । यसरी प्राप्त बोनस तीन दिनका लागि मान्य हुनेछ । ग्राहकले उक्त वोनस एनसेलको नेटवर्कभित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउनसमेत प्रयोग गर्न सक्छन् ।

यस ट्याबलेट योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधाअनुसार ट्याबलेट हस्तान्तरण गरिनेछ । यसैबीच, विश्वका विभिन्न देशमा रहेका नेपालीहरूलाई मनोरञ्जन प्रदान गर्न माघ २९ गते शनिबार साँझ ६:४५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुँदैछ । यस कार्यक्रममा गायक कालिप्रसाद बाँस्तोलाले आफ्ना प्रस्तुतीमार्फत गीत संगीतको आनन्द दिनेछन् ।