थप ५ हजार २९२ जनामा काेराेना संक्रमण, ८ जनाको मृत्यु

0
Shares

न्यज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २ सय  ९२ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १६०८८ नमुना १०३६८ पीसीआर र १८२० एन्टीजेन परीक्षण गर्दा ती संक्रमित पुष्टि भएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ८ जनाको काेराेना संक्रमितकाे मृत्यु भएको छ । सोही अवधिमा थप ८१९१  जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमण संख्या ७९२७२ पुगेको छ । ३ लाख ६६ हजार जनाले काेराेनाविरुद्धको खोप लगाएका छन् ।

काठमाडौंमा १३६१, ललितपुरमा २७१ र भक्तपुरमा ९० जना कोभिड संक्रमित थपिएका छन् । १८ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ ।