ग्यास विस्फोटमा ज्यान गुमाएका परिवारलाई ललितपुर महानगरको ११ लाख सहयोग


न्युज अफ नेपाल, ललितपुर ।

ललितपुर महानगरपालिकाले ग्यास विस्फोटमा ज्यान गुमाएकाको परिवार र घाइतेलाई ११ लाख रुपैयाँ सहयोग गरेको छ । गत कात्तिकमा ललितपुरको नबहाल टोलमा भएको खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा लक्ष्मी ताम्राकारसहित चार जनाको मृत्यु भएको थियो ।

महानगरले मृतकका परिवार र घाइतेलाई विपद व्यवस्थापन समितिमार्फतको एक लाखसहित ११ लाख रुपैयाँ अनार ताम्राकारलाई हस्तान्तरण गरिएको हो । नगरपालिका भवनमा सोमबार रकम हस्तान्तरण गरिएको हो ।