उत्पादन जनशक्तिलाई ‘लिडिङ’ गर्ने सिटीईभिटीले हो: शिक्षामन्त्री


न्युज अफ नेपाल, काठमाडाैं । 

शिक्षा, विज्ञान तथा  प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीइ भिटी)जनशक्ति उत्पादन गरी सीप र रोजगारसँग जोड्ने संस्था भएको बताउनुभएको छ ।

आइतबार भक्तपुरस्थित सिटीइ भिटीका कर्मचारीको छलफलमा मन्त्रीपौडेलले देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने संस्था सिटीइ भिटी भएकाले वर्तमान अवस्थामा भएको भन्दा फरक योजना बनाई कार्यान्वयनमा लाग्न निर्देशन दिनुभयो ।‘ऐन, नियमावली र नितिमा समस्या छन् भने बुँदागत  रुपमा ल्याउनुस् समाधान गरौं’ मन्त्री पौडेलले भन्नुभयो, ‘ यो संस्था वर्तमानको स्थिति भन्दा फरक हुन प-यो ।’

१० औंवर्षदेखिका फाइलहरु पेन्टिङमा राखेर नहुने बताउँदै मन्त्रीपौडेलले निकास दिनेमागम्भीर बन्न कर्मचारीलाई निर्देशन दिनुभयो । अब नयाँ बजेट बन्ने प्रक्रिया सुरु हुन लागेको भन्दै मन्त्रीपौडेलले आवश्यकता के के हुन टिर्पोट गरेर मन्त्रालयमा पेश गर्न आग्रह गर्नुभयो ।

‘नयाँ बजेटको प्रक्रिया थालनी हुँदैछ,’ मन्त्रीपौडेलले भन्नुभयो, ‘संस्थाका आवश्यकता के–के हुन् मन्त्रालयलाई दिनुहोस्’मन्त्रालयले २०३० सम्मदिगो विकासको लक्ष्यलिएको बताउँदै त्यसका लागि अहिलेदेखि योजनाबद्ध रुपले काममा लाग्नु पर्नेमा जोड दिनुभयो ।

सोही क्रममा शिक्षा सचिव यादव प्रसाद कोइरालले पारर्दशीता र सुशासनमा छुट नहुने भन्दै नियम विपरित भए मन्त्रालयले दण्डित गर्ने बताउनुभयो ।‘मन्त्रालयले कर्मचारी र संस्थाको हित हुने गरी ऐन बनाउँछ,’उहाँले भन्नुभयो, ‘मन्त्रालय कर्मचारीको अभिभावक हो पारर्दशीता र सुशासनमा प्रतिबद्ध हुनुहोस् ।