अनलाइनमार्फत जुवा खेलाउने ७४ जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

अनलाइनमार्फत जुवा खेलाएको आरोपमा प्रहरीले काठमाडौँबाट ७४ जनालाई पक्राउ गरेको छ । काठमाडौं बौद्धस्थित एउटै रेस्टुरेन्टबाट अनलाइनमार्फत जुवा खेल्ने र खेलाउने ७४ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा आठ महिला र ६६ पुरुष छन् ।

दोलखा स्थायी घर भइ बानेश्वर बस्ने ३० वर्षीय सुभास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार अनलाइन एपको प्रयोग गरेर उनीहरूले जुवा खेल्ने र खेलाउने गर्दै आएका थिए । सूचनाका आधारमा प्रहरी टोलीले रेस्टुरेन्टमा छापा मारेको एसएसपी गिरीले जानकारी दिए ।

उनीबाट ६ लाख १९ हजार २५० रुपैयाँ बरामद भएको छ । महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्त रूपमा खटी गएको प्रहरी टोलीले छापामारी उक्त खेलमा प्रयोग गरिने सामग्री (मोबाइल), बिंगो खेल्न प्रयोग गरिने कुपन र नगदसमेत बरामद गरिएको परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले जानकारी दिए ।