हेर्नुहोस् पत्रपत्रिका वर्गीकरणको नतिजा, कुन पत्रिका कुन वर्गमा परे ? (सूचिसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रेस काउन्सिल नेपालले देशभरका पत्रपत्रिकाको आ. व. २०७५/०७६ र २०७६/०७७ को वर्गीकरण नतिजा सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक भएको नतिजाअनुसार आ.व. २०७५/०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३ (प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२) पत्रपत्रिकामध्ये ‘क’ वर्गमा २१९, ‘ख’ वर्गमा ४७६, ‘ग’ वर्गमा १३७ र ‘घ’ वर्गमा १५ पत्रपत्रिका परेका छन् । त्यस्तै नियमित तर हुबहु र वर्ग कायम नभएका ३६ पत्रपत्रिका रहेका छन् ।

त्यस्तै आ.व. २०७६/०७७ को वर्गीकरणको लागि आवेदन दिने ८७८ (प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६०) पत्रपत्रिकामध्ये ‘क’ वर्गमा २३९ परेका छन् भने ‘ख’ वर्गमा ४३१ र ‘ग’ वर्गमा १६३ परेका छन् । त्यस्तै नियमित तर हुबहु र वर्ग कायम नभएका ४५ रहेका छन् ।

आ.व. २०७५/०७६ सालको वर्गीकरणका लागि प्राप्त पत्रपत्रिकाहरूको मूल्याङ्कन र वर्गीकरण नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् 

आ.व. २०७६/०७७ सालको वर्गीकरणका लागि प्राप्त पत्रपत्रिकाहरूको मूल्याङ्कन र वर्गीकरण नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्