संविधानसभा सदस्य डा. थापाको निधन

0
Shares

काठमाडौं ।

नेकपा एमालेबाट संविधानसभा सदस्य बनेका डा. दुमनसिंह थापाको निधन भएको छ । उनको आइतबार ६२ वर्षको उमेरमा काठमाडौंको ह्याम्स हस्पिटलमा निधन भएको हो ।

दुई वर्षअगाडि मात्रै मृगौला प्रत्यारोपण गरेका थापालाई पछिल्लो समय कोरोना संक्रमण भएको थियो ।

थापा नेकपा एमालेबाट २०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधानसभामा विजयी भएका थिए । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए ।