स्थानीय सरकार बनेपछि रामेछापमा १५० किलोमिटर सडक कालोपत्रे


रामेछाप ।

रामेछापका एक सय ५० मिटर भन्दा बढी सडक कालो पत्र भएको छ । स्थानीय सरकार बने पछि रामेछापका ८ वटा स्थानीय तहका एक सय ५० भन्दा मिटर  भन्दा बढी सडक कालो पत्रे भएको हो ।

स्थानीय तहले नगरपालिका तथा गाउँपालिकाभित्रका टोल र बस्तीहरू सडककाे पहुँचमा पुगेपछि नयाँ सडक बनाउने भन्दा भएको सडकको स्तर उन्नतिमा स्थानी सरकार लागेका छन् । स्थानीय सरकार बनेयता जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा ६५ किलोमिटर सडक कालोपत्रे भएको मन्थली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले बताउनुभयो ।

यो अवधिमा रामेछाप नगरपालिकामा १७ किलोमिटर सडक कालोपत्रे भएको छ । नगरपालिकाको वडा नं ८ बिटारदेखी नगरपालिकाको केन्द्र रामेछाप बजारसम्म १५ किलोमिटर र वडा नं ७ सुकाजोरमा दुई किलोमिटर सडक कालोपत्रे भएको रामेछाप नगरपालिकाका जनाएको छ ।

गाउँपालिकाहरुमा खाँडादेवी गाउँपालिकामा सबै भन्दा बढी र लिखु तामाकोसी गाउँपालिकामा सबै भन्दा कम सडक कालोपत्रे भएको छ भने दोरम्बा गाउँपालिकामा अहिलेसम्म सडक कालोपत्रे हुन सकेको छैन ।सम्बन्धित पालिकाका सूचना अधिकारीका अनुसार यो अवधिमा खाँडादेवी गाउँपालिकामा ३० किलोमिटर र लिखु तामाकोसी गाउँपालिका एक सय मिटर सडक कालोपत्रे भएका छन् । गोकुल गङ्गा गाउँपालिकामा ३० किलोमिटर सडक कालोपत्रे भएका छन् । पालिकाभित्र सात किलोमिटर सडक कालोपत्रे गर्ने काम जारी रहेको गाउँपालिकाले जनाएको छ ।

सुनापति गाउँपालिकामा साढे तीन किलोमिटर सडक कालोपत्रे भएको गाउँपालिकाका सूचना अधिकारी सन्तोष चौलागाइले बताउनुभयो । नयाँ सडक निर्माण भन्दा भएको सडकको स्तर उन्नति तथा कालोपत्रे गर्ने कार्यलाई स्थानीय सरकारले प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले बताउनुभयो ।