राजस्व छली मुद्दामा पक्राउ परेमा उमाशंकर रायभार कारागारमुक्त


न्युज अफ नेपाल, काठमाडौं ।

बाराको परवानीपुर-१ का उमाशंकर रायभार करिब ११ महिनापछि आज आइतबार जेलमुक्त भएको छन् । राजश्व छली मुद्दामा पाटन उच्च अदालतले तोकेको ७५ लाख रुपैयाँ धरौटी बुझाउन नसकेर बन्दी जीवन बिताएका उनी सर्वोच्च अदालतले धरौटी रकम २५ हजारमा झारिदिएपछि रिहा भएका हुन् ।

नख्खु कारागारबाट उनलाई प्रहरीले केही बेरअघि हत्कडी लगाएर उच्च अदालत पाटनमा ल्याएको थियो । उच्च अदालत पाटनले नख्खु कारागारलाई उमाशंकरलाई छुटाउनका लागि भन्दै पत्र काटेको थियो ।

सर्लाही स्थायी घर भई काठमाडौंको कोटेश्वरमा बस्दै आएका सरोजकुमार मिश्रले जागिर लगाई दिने प्रलोभन देखाई रायभारका नागरिकताको फोटोकपी, फोटो, हस्ताक्षर र ल्याप्चे दुरुपयोग गरी कम्पनी खोलेर राजश्व छलेका थिए ।