काठमाडौंमा मदिराको अवैध कारोबार गर्ने ४जना पक्राउ

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

 भारतबाट चोरी पैठारी गरी नेपालमा रक्सीको अवैध कारोबार गरेको आरोपमा चार जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा गादी घर भई बुढानिलकण्ठ क्षेत्रमा बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा काठमाडौंका शैलेश पन्त, पर्सा सुवर्णपुर घर भई हाँडीगाउँ बस्ने रविन पाख्रिन र सर्लाही बरहथवा घर भई चाबहिल बस्ने नारायणप्रसाद घिमिरेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

भारतबाट रेडलेबल, एब्सुलेट भोडका, चिभास रेगल लगायतका मदिरा चोरी पैठारी गरी नेपाल ल्याएर कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा महाशाखाको विशेष टोलीले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

काठमाडौंको बानेश्वर, कपन, रामकोट लगायतका स्थानबाट २९६ कार्टुन मदिरा बरामद भएको प्रहरीले जनाएको छ । बरामद गरिएका मदिराको बजार मूल्य करिब एक करोड पचार लाख बराबर रहेको प्रहरीले जनाएको छ ।राजश्व छलीका मदिराहरू विशेषतः पाटी प्यालेसमा बिक्री वितरण गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ। उनीहरूलाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको महाशाखाले जनाएको छ।