न्युज अफ नेपाल, काठमाडौं ।
नेपालले दशकपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जीत हात पारेको छ । शनिबार दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा मरिससलाई १-०ले हराउँदै नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा पहिलो जित निकालेको हो ।
नेपालको जितमा विमल घर्तीमगरले गोल गरे । २ बर्षपछि राष्ट्रिय टिममा फर्किएका विमलले गोल गरेका हुन् । नेपाल र मरिससको अर्को मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।
तस्बिर : उजोल डंगोल
प्रतिक्रिया