गठबन्धन जुनसुकै मितिमा निर्वाचन भए पनि भिड्न तयार छौँ : अध्यक्ष नेपाल


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान बमोजिम चुनावको मितितोक्ने बारे छलफल अघि बढेको बताएका छन्।

आज (शनिबार) काठमाडौँमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु चुनावमा भिड्न तयार रहेको बताए । उनले आगामी निर्वाचनसम्मै वर्तमान सत्ता गठबन्धन कायम राख्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा समेत प्रतिबद्ध रहेको बताए ।

उनले भने गठबन्धन जुनसुकै मितिमा पनि चुनावको सामना गर्न तयार छ। हामी चुनावबाट अत्तालिएका छैनौं।’ उनले गठबन्धन नटुट्ने बताए। सत्तारुढ बाम–लोकतान्त्रिक गठबन्धन आगामी चुनावसम्मै रहने भन्दै चुनाव जहिले भएपनि आफूहरु नआत्तिआएको बताए। नेता नेपालले भने, ‘दक्षिणपन्थी शक्तिहरू चुनावसँग आत्तिएर भ्रम छर्न थालेका छन्। गठबन्धन तोड्न चाहनेहरु आत्तिएका होलान्।