गठबन्धनले स्थानीय निर्वाचनको मिति तय गर्न कानुनविद्सँग परामर्श गर्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनको मिति तय गर्ने कानुनविद्हरूसँग परामर्श गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान बसेको बैठक बेलुका ४ बजे फेरि बस्ने गरी सकिएको छ ।

सत्ता गठबन्धनले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गरी संविधानअनुसार बनाउने र त्यसैअनुसार स्थानीय, प्रदेश र प्रतिनिधि सभाको चुनाव  एकै पटक गर्ने गरी छलफल गर्दै आएका छन् ।

गठबन्धनको समान धारणा बनाउन शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग परामर्श गरेर शनिबार गठबन्धनको बैठक राखेका हुन   ।शनिबारको बैठकमा  चारवटै दलका शीर्ष नेताहरू उपस्थित थिए।

 कानुनविद्हरूसँग थप परामर्श गर्ने र आजै बेलुकी ४ बजे पुनः गठबन्धनको बैठक बस्ने गरी अहिलेको बैठक सकिएको हो । गठबन्धनले यसअघि पनि कानुनविद्हरूसँग परामर्श गरेको थियो ।