सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा जारी

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको सहभागिता रहेको छ।

बैठकमा आगामी निर्वाचनबारे छलफल भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन्।

शुक्रबार पनि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच स्थानीय तहको निर्वाचनको मिति र ऐन संशोधनलगायत विषयमा छलफल भएको थियो।

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा महामन्त्री गगन थापाले स्थानीय तहको चुनावलाई लिएर गठबन्धनले अघि सारेको विकल्प संविधानसम्मत नभएको बताइसकेका छन् ।