राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति शीतल निवासमा बिहीबार प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच नियमित भेटवार्ता भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

 स्थानीय तहसहितका निर्वाचन गर्नुपर्ने जिम्मेवारीमा रहेको सरकारलाई मिति तोक्न निर्वाचन आयोगले दबाब दिइरहेको छ ।

आयोगका पदाधिकारीसँग भेटवार्ता गर्नुअघि प्रधानमन्त्रीले राष्ट्रपतिलाई भेटेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच आगामी निर्वाचनसहित देशको समसामयिक विषयमा कुराकानी भएको छ ।