शंखरापुरमा कोठाभित्र कोइला बालेर सुतेका दम्पती मृत भेटिए


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं शंखरापुर नगरपालीका ३ बोजेनीमा दम्पती मृत भेटिएका छन्। खाना खाएर सुतेका ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४७ वर्षीया फुलकुमारी थिङको मृत्यु भएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार उनीहरु आफू बसेको घरको कोठामा मृत भेटिएका हुन्। कोठामा कोइला बालेको देखिएको छ। बिहान ७ बजेसम्म पनि निजहरुले ढोका नखोलेपछि जेठो छोरा २६ वर्षीय सुर्यबहादुर थिङले ढोका फुटाइ हेर्दा उनीहरुको मृत्यु भैसकको थियो।

घटनाबारे अनुसन्धान गर्दा कोइला बालेर सुतेको अवस्थामा निस्सासिएर मृत्यु भएको हुनसक्ने प्रहरीको अन्मान छ । घटनाबारे अनुसन्धान गर्न महानगरीय प्रहरी वृत बौद्धको टोली र महानगरीय अपराध महासाखाबाट अनुसन्धान अधिकृत सहितको टोली घटनास्थल पुगेको थियो। लाशलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ।