राष्ट्रिय सभाको बैठक सोमबार बस्दै


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय सभाको बैठक १७ माघ सोमबार बस्ने गरी बोलाइएको छ । संघीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमले बिहीबार सूचना निकालेर १७ माघ सोमबार दिउँसो बजे राष्ट्रिय सभाको बैठक बस्ने गरी निर्धारण गरिएको जानकारी दिएका हुन् ।

यसअघि २ माघमा सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय सभाको बैठक स्थगित गरिएको थियो ।