राजस्व छलीको आरोपमा चालक पक्राउ

0
Shares

जनकपुरधाम, (नेस) ।

पर्सा प्रहरीले मंगलबार राति वीरगन्जबाट एक मालवाहक ट्रक नियन्त्रणमा लिएको छ । १ करोडभन्दा बढीको सामान राजस्व छली गरेर वीरगन्जबाट बुटवलतर्फ लैजान लागेको गोप्य सूचनाको आधारमा प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको हो ।

बिल बिजकभन्दा बढी खुद्रा मालसामान लोड गरी बुटवल लैजाँदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका–८ बाट प्रहरीले ना४ख ८३३४ नम्बरको ट्रकलाई जाँच गर्दा भन्सार प्रज्ञापनपत्रसमेत नरहेको सामान फेला परेपछि ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

ट्रकसहित सामानको १ करोड ६३ लाख मूल्यांकन गरी थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको उहाँको भनाइ छ ।