कोरोनाबाट मृत्यु भएका परिवारले पाए राहत

0
Shares

जाजरकोट ।

जाजरकोटमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका परिवारकालाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासान कार्यालय जाजरकोटले कोभिडबाट ज्यान गुमाएका मृतकका परिवारलाई राहात वितरण गरेको हो ।

सरकारले कोरोना भाइरसका कारण मृत्यु भएकाका परिवारलाई दिने भनेको राहत रकम जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त भएको १७ लाख बजेटबाट प्रतिपरिवार १ लाखका दरले वितरण गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताउनुभयो ।

कार्यविधिमा उल्लेख भएअनुसार सरकारले मान्यता दिएको ल्याब टेस्ट, पीसीआरको रिपोर्ट र एन्टिजेन रिपोर्ट सक्कलप्रति दुईमध्ये एकलाई आधार मानेर कर्णाली प्रदेश सरकाले कोभिड–१९ संक्रमणबाट मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार राहात स्वरूप १ लाख दिने निर्णय गरेको थियो ।

कोरोना संक्रमणबाट जाजरकोटमा १७ जनाले ज्यान गुमाएका थिए । छेडागाड नगरपालिका–६ का रत्नप्रसाद शर्मा, नलगाड–११ का भीमबहादुर मल्ल, नलगाड–७ का वीरबहादुर सिंह, नलगाड–५ की गंगादेवी शाही, नलगाड–४ का गणेशबहादुर रावल नलगाड–३ का पठवीर थापा भेरी–३ का कृष्णबहादुर थापा भेरी–१० का तुलवीर राना भेरी–४ की लीला नेपाली भेरी–६ की सरीदेवी खड्का, शिवालय–६ का हरिभक्त रोकायालगायत १७ जनाको कोरोना महामारीबाट मृत्यु भएको थियो ।

कोरोनाबाट ज्यान गुमाउने १७ जनामध्ये १४ जनाका आफन्तले राहत रकम बुझेको ३ जनाको प्रक्रियामा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । कोरोना संक्रमणबाट आमा, बुबा घरको सदस्य गुमाएर आफन्तलाई राहत रकमले सहयोग हुने प्रजिअ देवकोटाको कथन छ । कोरोनाबाट मृत्यु भएको आफन्तले भुक्तानी दाबीका लागि अस्पतालले परीक्षण गरेको प्रमाण, मृत्यु दर्ता प्रमाण र सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने उहाँ बताउनुहुन्छ ।