लाखौं नगदसहित बाह्र जुवाडे पक्राउ

0
Shares

सर्लाही (नेस ) ।

जुवा खेलिरहेका १२ जनालाई प्रहरीले वागमती नगरपालिका–३ धरहराबाट नगदसहित पक्राउ गरेको छ । मंगलबार राति स्थानीय ढकबहादुर तामाङको घरमा ढोकाबन्द गरेर जुवा खेलिरहेका उनीहरुलाई ४ लाख ८४ हजार ५० रुपियाँ नगद र कौडासहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा वागमती नगरपालिका–३ का ३९ वर्षीय गौरिशंकर साह, ३४ वर्षीय सञ्चरसिंह घिसिङ, ३४ वर्षीय जितबहादुर बम्जन, बसवरिया गाउँपालिका–५ का ३३ वर्षीय रामज्ञान राय, ३२ वर्षीय सन्तोष साह, ५० वर्षीय छेटु साह रहेका छन् । त्यसै गरी, हरिवन नगरपालिका–१० का ३२ वर्षीय साजन पौडेल, २८ वर्षीय प्रकाश अधिकारी ५७ वर्षीय अर्जुन केसी, बरहथवा नगरपालिका–५ का २८ वर्षीय जुनैन अन्सारी, २९ वर्षीय रामवीर चौधरी, रौतहट चन्द्रनगर नगरपालिका–१ का ५१ वर्षीय दिलबहादुर लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुलाई जुवातास नियन्त्रण ऐनअन्तर्गत कारबाही गरिने उहाँको भनाइ छ । ढकबहादुरको घरमा प्रायः तास जुवाको खाल रहने गरेको स्थानीयले बताएका छन् ।