अज्ञात समूहले ट्रक जलायो, चालक सम्पर्कविहीन

0
Shares

राजविराज ।

सप्तरीमा मंगलबार राति अज्ञात समूहले एक ट्रकमा आगजनी गरेको छ भने चालक सम्पर्कविहीन भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत अग्निसाइर कृष्णसवरण गाउँपालिका–४ विशाल चोकस्थित पूर्वतर्फ गइरहेको ना५ख १९११ नम्बरको ट्रकमा आगजनी भएको हो ।

कुखुराको दाना बोकेर गइरहेको सो ट्रकमा राति करिब ११ बजेतिर आगजनी भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक रामकुमार यादवले जनानुभयो । ‘कसले र किन ट्रकमा आगजनी गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको छ’, उहाँले भन्नुहुन्छ– ‘चालक पनि सम्पर्कमा आएका छैनन् ।’

आगजनीबाट ट्रक पूर्णरूपमा जलेको छ । यसअघि पुस १६ गते पनि सोही गाउँपालिका–५ महुली पुलमा एउटा ट्रक जलाइएको थियो ।