कानुनमन्त्री बडुलाई कोरोना संक्रमण


न्युज अफ नेपाल, काठमाडौं ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री बडुको सचिवालयले जानकारी दिएको छ ।

उनले बुधबार पीसीआर परीक्षण गरेका थिए । संक्रमण पुष्टि भएपछि मन्त्री बडु आइसोलेसनमा छन् । यसअघि पर्यटनमन्त्री प्रेम आलेलाई पनि कोरोना भाइरस संक्रमण भएको थियो । उनी संक्रमणमुक्त भइसकेका छन् ।