खल्तीले मनायो ५ औं वार्षिकोत्सव



काठमाडौं (नेस) ।

अनलाइन भुक्तानी सेवा प्रदायक ’खल्ती’ले आफ्नो ५ औं वार्षिकोत्सव मनाएको छ । हरेक नेपाली घर परिवारको दैनिक भुक्तानी डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको खल्ती’ ले दैनिक लाखौं मानिसको जीवन सहज गर्दै आएको छ ।

कुनै पनि स्टार्टअप कम्पनीले पाँच वर्ष पूरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल हुनु हो । ‘खल्ती’ ले पनि आफ्नो ५ वर्षे लामो यात्रामा यसलाई सत्य सावित गरेको छ । तर लामो दुरी तय गर्ने हिसावले हेर्दा ‘खल्ती’, ‘मात्र ५ वर्षको’ भएको हो । यसले ल्याउन सक्ने प्रभावले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको छ ।

युवाहरू माझ बढी प्रचलित ‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नवीन पहिचान बोकेको ब्रान्ड हो । युवाहरूले नै भरिएको मार्केटिङ टिम भएको ‘खल्ती’ को जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतय हुने मार्केटिङभन्दा भिन्न छ । आफ्नो वार्षिकोत्सवमा रमाइलो भिडियो सार्वजनिक गरी यसलाई फेरि पनि सावित गर्न सफल भएको छ ।
साथै आफ्नो जन्मदिनभन्दा एक दिन अगाडि ट्विटरमा जन्मदिनको रिमाइन्डर राखी ट्विटरमा हलचल ल्याउन सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्