सिद्धार्थ बैंकको नयाँ एक्स्टेन्सन काउन्टर सिनामंगलमा

0
Shares

काठमाडौं (नेस) ।

सिद्धार्थ बैंक लिमिटेडले बुधबार सिनामंगलमा नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सिनामंगल क्षेत्रका सर्वसाधारण तथा उद्यमी माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पुर्याउने उद्देश्यका साथ उक्त एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । अहिले कोरोना भाइरस महामारीको अवस्थामा बैंकले सतर्कताका विधि अपनाई आफ्ना सबै सर्भिस आउटलेटबाट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गरी रहेको छ ।

सजिलो बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग, एटीएम, पीओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने तथा डेबिट र क्रेडिट कार्ड आवेदन दिन सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटीएम कार्ड, ४५० भन्दा बढी व्यवसायिक केन्द्रबाट विशेष छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।