हात्ती मेरो साथी टिकटक च्यालेन्जका विजेता घोषित

0
Shares

काठमाडौं (नेस) ।

हात्ती ८ स्ट्रङ्ग बियरले जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले एक कार्यक्रम बीच ‘हात्ती मेरो साथी’ टिकटक च्यालेन्ज सम्पन्न गरी विजेता घोषणा गरिएको छ । उक्त च्यालेन्जमा भाग लिन सहभागीहरूले टिकटकमा उपलब्ध ‘हात्ती मेरो साथी’ को गीतमा नाचेर असोज १५ देखि मङ्सिर १४ भित्र टिकटक भिडियो अपलोड गरेका थिए ।

सर्वाधिक लाईक प्राप्त गरी पहिलो जानकी कुमारी बरालले १ लाख दोस्रो चन्द्र कुमारी फुयाल (हजुर आमा) ले २५ हजार तथा तेस्रो सुरुची श्रेष्ठले १० हजारको साथै तीनै विजेताले २ जनाको लागि २ रात ३ दिनको सौराहा भ्रमणको प्याकेज पाउनुभएको छ ।

यस प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट आएका विभिन्न उमेर समूहका थुप्रैले बनाएको नाचेको टिकटक भिडियो ३० लाखभन्दा बढीपटक हेरिएको थियो । हात्ती ८ बियर जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत सञ्चालित राज ब्रुअझीद्वारा उत्पादित स्वदेशी प्रिमियम स्ट्रङ्ग बियर हो ।

३३० मिलिको सानो बोतलमा उपलब्ध यो बियरमा अल्कोहलको मात्रा ८ प्रतिशत छ । हात्ती ८ प्रिमियम स्ट्रङ्ग बियर युवा पुस्ताका बियर पारखीहरू माझ अत्याधिक रुचाइएको छ ।