आज माघ १३ गते बिहीबार, यस्तो छ राशिफल



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज यात्रामा मालसामान हराउने र मनमा निराशा आउला । प्रेममा मनमुटाव पनि आउन सक्छ, तर साँझमा यात्राको योजना बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला । नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक र राजनैतिक कार्यमा बढी सफलता मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मनमा दुबिधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोबारमा मन्दी आउनेछ, आफन्तबाट सहयोग चैं मिल्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला। प्रेम सम्बन्ध कसिलो हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज मनमा शान्ति छाउनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागम हुनेछ । नयाँ कामको थालनी पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साना तिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज सुखदुःख बराबरी मध्यम खालको दिन छ । ठुलो कारोबारमा लगानी नगर्नु । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज गरेको कार्यमा सफलता मिल्नेछ । शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज लाभदायक यात्रा रहला । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।
राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

हाम्रो पात्रोबाट

प्रतिक्रिया दिनुहोस्