मधेश प्रदेशबाट माओवादीकी अर्याल राष्ट्रिय सभामा विजयी


न्युज अफ नेपाल,जनकपुरधाम ।

मधेस प्रदेशमा राष्ट्रियसभाका लागि भएको निर्वाचनमा महिलातर्फबाट सत्ता गठबन्धनकी उर्मिला अर्याल विजयी भएकी छिन् ।  सत्ता गठबन्धनको महिला समूहबाट माओवादी केन्द्रकी उर्मिला अर्याल ६ हजार १ सय ५६ मत ल्याएर विजयी भएकी हुन् ।

एमाले–लोसपा गठबन्धनबाट महिला तर्फ उम्मेदवारी दिएकी लोसपा कि रुपाकुमारी यादवले ३ हजार २ सय २८ मत भार मात्रै ल्याउन सकिन् । महिला समूह तर्फको मतदानमा प्रदेश तर्फ ३ र स्थानीय तर्फ १६ मतदाताको मत बदर भएको थियो । यस हिसाबले ४ सय ३२ मत भार बदर भएको हो ।