कौडा खेलिरहेको अवस्थामा १२ जना पक्राउ


न्युज अफ नेपाल, सर्लाही ।

कौडा खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । बागमती नगरपालिका-३ बस्ने ३४ वर्षीय ढलक भन्ने संचर घिसिङको घरमा तास खेलिरहेको अवस्थामा घिसिङसमेत १२ जनालाई प्रहरीले पक्राउ गरेको हाे ।

 घिसिङको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ८४ हजार ५० रुपैयाँ र १६ वटा कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।