थप ८ हजार ४५४ जनामा कोरोना पुष्टि, ५ जनाकाे मृत्‍यु


न्युज अफ नेपाल,काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार ३५९ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ । २४ घण्टामा २ लाख ५६ हजार ४१६ जनाले खोप लगाएका छन् ।पछिल्लो २४ घण्टामा ५ जना संक्रमितको मृत्‍यु भएको छ भने ४ हजार ४३३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।