जनकपुरधाम ।
जनमत पार्टीका कार्यकर्ताहरूले प्रदेश दुईको स्थायी राजधानी जनकपुरधाममा एक चिकित्सकमाथि आक्रमण गरेका छन् ।
जनकपुरधामस्थित पीडारी चोकबाट बर्दिबास जाँदै गरेका जलेश्वर अस्पतालका निमित्त प्रमुख डा. सतिस साहमाथि जनमतका कार्यकर्ताहरूले आक्रमण गरेका हुन् ।
आक्रमणमा परि घाइते भएका डा. साहको मुखमा ८ वटा टाका लागेको छ । मेसु सवार प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीमा आक्रमण भएको हो ।
प्रतिक्रिया