सुख्खा पहिरोले पुरिएर र सुवामा एकको मृत्यु, एक जना घाइते



न्युज अफ नेपाल, रसुवा ।

आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् ।

पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना सडकमा ग्याबिन वाल लगाउने काम गरिरहेको अवस्थामा पहिरोले पुरेको वडाध्यक्ष टासी छोवाङ तामाङले बताए । घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ । मौसम खराब भएका कारण हेलिकप्टर आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्