नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको २०७८ को जनगणनाको प्रारम्भिक नतिजामा पुरूषभन्दा महिलाको संख्या ६ लाखले बढी छ । जम्मा जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० मध्य पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ छ भने महिलाको संख्या १ करोड ४९ लाख १हजार १ सय ६९ छ।

नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । २०६८ सालको तुलनामा हालको जनसंख्या झन्डै २७ लाख बढी हो।