बैतडीमा हिमपात, जनजीवन प्रभावित

0
Shares

बैतडी, (नेस) ।

मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । जिल्लाको ढोल्यामोड, अनारखोली, खोडपे, सुपले, रौलाकेदारलगायतका स्थानमा हिमपात भएको हो ।

जयपृथ्वी राजमार्गको ढोल्यामोडलगायतका क्षेत्रमा हिमपात भए पनि सवारी आवागमन भने निर्बाद भइरहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी, निरीक्षक दर्शन खड्काले बताउनुभयो । ‘हिमपात भएको खबर आए पनि राजमार्ग अवरुद्ध भएको छैन ।’ –उहाँले भन्नुभयो ।

यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ । हिमपातले चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धालाई बढी असर गर्ने भएकाले उनीहरुको ख्याल गर्न आग्रह गरिएको छ ।

वर्षासँगै हिमपात भएपछि किसान भने खुसी भएका छन् । हिमपात र वर्षाले गहुँलगायतका हिउँदेबाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । यसअघि गत पुसमा पनि दुईपटक हिमपात भएको थियो ।