भारतीय राजदूतावासमा भारतको ७३औं गणतन्त्र दिवस मनाइयो

0
Shares

काठमाडौं ।

काठमाडौंस्थित भारतीय राजदूतावासमा आज (बुधबार) भारतको ७३औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । राजदूत क्वात्राले कार्यक्रममा भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाउनु भएको थियो । भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका नातेदारलाई ६.३५ करोड रुपैयाँसहित कम्बल वितरण गर्नुभएको थियो ।

मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हासिल गरेका उल्लेखनीय उपलब्धिको र भारतको स्वतन्त्रताको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ पहलकदमीकै एक हिस्साको रुपमा यो कार्यक्रम आयोजना गरिँदै आएको छ । आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरी र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरुको आयोजना गरिनेछन् ।

नेपालका विभिन्न प्रदेश तथा जिल्लामा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना रहेको छ । नेपालभरीका विभिन्न संस्था तथा स्थानीय निकायलाई दुतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्ने योजना भारतको छ ।