नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुग्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । हालै सम्पन्न जनगणनाले नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको देखाएको तथ्यांक विभागले जनाएको हो ।

पछिल्लो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो ।