सरकारले विद्यार्थीलाई युक्रेन जान रोक लगायो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (वैदेशिक अध्ययन अनुमति शाखा) ले विद्यार्थीहरुलाई युक्रेन जान रोक लगाएको छ । मन्त्रालयले मंगलबार एक सूचना जारी गरी अर्को सूचना नभएसम्मका लागि युक्रेनमा अवस्थित विश्वविद्यालयमाहरुमा अध्ययन गर्न दिइने अनुमति पत्र ‘नो अब्जेक्सन लेटर’ हाललाई स्थगन गरेको जनाएको हो ।

सूचनामा ‘यो शाखाबाट विदेशी मुलुकमा जान चाहने विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर (एनओसी) प्रदान गरिँदै आइएकोमा अर्को सूचना जारी नहुन्जेल सम्मका लागि स्थगन गरेको’ उल्लेख गरिएको छ ।

पछिल्लो समय रुसले युक्रेन नजिक ठूलो सङ्ख्यामा सैनिकहरूको उपस्थिति बढाएको छ । त्यहाँ जुनसुकै बेला युद्ध हुनसक्ने चिन्ता व्यक्त भइरहेका छन्।