इन्जिनियर कुँवरलाई अन्तर्राष्ट्रिय मानार्थ डाक्टरको उपाधि 


काठमाडौं । 

फ्रान्सको पेरिसमा सञ्चालित युरोपियन ईन्टरनेशनल युनिभर्सिटी नेपालका कुशल व्यवस्थापक एवम् उद्यमी इन्जिनियर दिपक कुँवरलाई मानार्थ डाक्टरको उपाधिबाट सम्मान गर्ने भएको छ ।

युनिभर्सिटी ग्लोबल प्रमोटर डा अजय देसाईद्धारा हस्ताक्षरित पत्रअनुसार उद्यमी कुँवरलाई नेपालको व्यावसायिक व्यवस्थापनमा कुशल नेतृत्व गरेको भन्दै थाइल्यान्डको ब्याङ्ककमा फेबु्रबरीमा हुन लागेको एक कार्यक्रममा सम्मान गर्न लागेको हो । नेपालको सामाजिक, व्यावसायिक तथा आर्थिक क्षेत्रमा उच्च प्रशंसनीय कार्य गरे वापत् इन्जिनियर कुँवरलाई सम्मान गर्न लागेको युनिभर्सिटी जनाएको छ ।

नेपाल घरजग्गा व्यवसायी महासङ्घको द्वितीय उपाध्यक्षसमेत रहनुभएका इन्जिनियर कुँवरले गुणस्तरीय हाउजिङ तथा अपार्टमेन्ट निर्माण गरेर आफ्नो  व्यवसायी क्षेत्रमा कुशलता निर्वाह गर्नुभएको छ । नेपालको निजी क्षेत्रमा लगानी गरेर हजारौँ नागरिकलाई रोजगारी प्रदान गर्दै आउनुभएका कुँवर हाल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीका अध्यक्ष हुनुहुन्छ । उहाँले नेपालको राष्ट्रिय स्तरको बसपार्क नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तर बसपार्क बनाउनका लागि लोत्से बहुउद्देश्यीय प्रालिको अध्यक्षसमेत भएर कुशल नेतृत्व गर्नुभएको छ ।