काेराेना ‌प्रभाव धादिङ मालपोत कार्यालय बन्द


न्युज अफ नेपाल, धादिङ ।

मालपोत कार्यालय धादिङबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द ०७८ माघ १० गतेदेखि बन्द गरेको छ । कार्यालयले एक सूचना प्रकाशित गर्दै माघ १० गतेदेखि अर्को सूचना जारी नभसम्मको लागि सेवा बन्द गरेको हो । मालपोत कार्यालयले कुन कुन सेवा अत्यावश्यक सेवा अन्तरगत पर्छ खुलाएको छैन ।

कोरोना भाइरस ९कोभिड १९० को नयाँ भेरियन्ट ओमिक्रोन जनसमुदायमा तीव्र रूपमा फैलिरहेको अवस्थामा उत्पन्न असहज परिस्थितिबाट सम्पूर्ण सरोकारवालाहरूको स्वास्थ्य, सुरक्षा र संक्रमणको जोखिम न्यूनीकरण गर्न आवश्यक भएकाले कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेक सेवाहरू स्थगन गरिएको कार्यालय प्रमुख रामकृष्ण तामाङले बताउनुभयो ।

आलोपालो कार्यालय सञ्चालनको सूचना गरेसँगै एकाएक कार्यालय बन्द गरिएपछि कार्यालयमा कुनै पनि सेवाग्राहीलाई प्रवेश समेत दिइएको छैन ।