रुपन्देहीको देवदह घोडाहा जंगलमा आमा-छोरीको शव फेला


यमलाल भुसाल, बुटवल ।
रुपन्देहीको देवदह नगरपालिकाको घोडाहा जंगलमा आमा छोरीको हत्या गरी फालेको अवस्थामा शव फेला परेको छ । शवको प्रकृति हेर्दा हत्या गरी जंगलमा फालेको आशंका प्रहरीले गरेको छ ।
जंगल किनारामा एक अधबैँसे महिला र अन्दाजी ७ वर्षिया बालिकाको शव पूर्व पश्चिम राजमार्गको छेउ मंगलबार दिउसो फेला परेको हो ।
शवको प्रकृति हेर्दा बालिकाको घांटी रेटेर हत्या गरेर फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिनुभयो ।
शवको पहिचान हुन नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरु आमाछोरी हुनसक्ने प्रहरीको अनुमान छ ।  जिल्लाको सुरक्षा निकाय अहिले घटना स्थलको अनुसंन्धानमा जुटेको छ ।