चिकित्सक संघको कल सेन्टर

0
Shares

काठमाडौं, (नेस) ।

नेपाल चिकित्सक संघले कोरोना महामारीको तेस्रो लहरलाई लक्षित गरी आज मंगलबारदेखि कल सेन्टर सञ्चालन गर्ने भएको छ । अमेरिका–नेपाल मेडिकल फाउन्डेसन र नेपाल टेलिकमसँग सहकार्य गर्दै चिकित्सक संघले कल सेन्टर सञ्चालनमा ल्याउने भएको हो । सो कल सेन्टर चिकित्सक संघको मुख्यालयबाट सञ्चालन हुने बताइएको छ ।

चिकित्सक संघका महासचिव डा. बद्री रिजालले विज्ञप्ति जारी गर्दै कल सेन्टरमा परामर्श लिन ११५६ नम्बरमा फोन गर्न सकिने बताउनुभएको छ । यो सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म उपलब्ध हुने भएकोले कल सेन्टरबाट कोरोनाको कारण स्वास्थ्य समस्यामा पर्नुभएका जो कसैले पनि परामर्श लिन सक्ने विज्ञप्तिमा उल्लेख छ ।